जिल्ला अस्पताल दार्चुला घटना : रेडियो ग्राफर कुँवर प्रहरी थुनामा, थप अनुसन्धान हुदैँ

 दार्चुला –  जिल्ला अस्पताल दार्चुलामा अस्पतालका कर्मचारी र अभिभावकविच भएको झगडाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएकोछ । अस्पतालमा रेडियो ग्राफर मन्दिर कुँवर र एचए पदमा कार्यरत आतिस सिनालका बुवा श्यामसिंह सिनालबीच केहिदिन अगाडी अस्पताल परिसरमा झगडा भएको थियो ।
एचए पदमा कार्यरत आतिस सिनाल केहि दिनदेखि अस्पतालबाट पीडित भएको र स्फाटहरुबाट असहयोग हुने गरेको, अपहेलित भएको खबर घरमा सुनाए र अबदेखि अस्पतालमा काम गर्न नजाने भनेपछि उनका बुवा श्यामसिंह सिनाल अस्पतालमा छलफलका लागि आएका थिए । श्याम सिनालले उपहार खबरलाई दिएको जनाकारी अनुसार आफु स्वयम, अस्पताल व्यवस्थापन समिति अध्यक्ष दिपक जोशी, अस्पतालका निमित्त प्रमुख, पूर्व वडा अध्यक्ष तोरनराज अवस्थी लगायत ५ जना बीच छलफल भइरहेको थियो । छलफलमा भएको बेला आफ्नो कटाक्ष भएको सम्झेर रेडियो ग्राफर कुँवर आवेगमा आएर एक्कासी आफुमाथि हातपात गरेको श्यामसिंह सिनालले बताए ।

उता अस्पतालका कर्मचारीका अनुसार मन्दिर र आतिसबीच केही समय अगाडी देखि आपसी मनमुटाव भएको थियो । दुबै जनाको मनमुटाव भएको र मंगलबार अस्पतालमा एक्कासी आतिसका बुवा श्याम सिनाल आएर स्टाफ माथि हातपात गरेको अस्पताल स्रोतले बतायो । कुटाईबाट रेडियो ग्राफर कुँवरको आँखामा चोट लागेको छ ।

उता जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र कार्कीका अनुसार श्यामसिँह सिनालले अभद्र व्यवहारमा उजुरी दिएको र उजुरीका आधारमा अनुसन्धानका लागि थुनामा राखिएको हो । घटनाबारे अनुसन्धान भइरहेको अनुसन्धानपछि थप जानकारी दिने  उनले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्