राप्रपाको केन्द्रीय प्रचार विभागमा राधिका जोशी मनोनित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रयि प्रचार विभागमा पत्रकार राधिका जोशी मनोनित भएकी छन् । उनी विगत डेड दशक देखी टेलिभिजन पत्रकारीतामा सक्रिय छिन् । राप्रपा प्रति आस्था राख्ने जोशी राप्रपाका पत्रकारहरुको सुभेच्छुक संस्था मिडिया नेपालमा समेत केन्द्रीय कोषाध्यक्षको भूमिकामा काम गरिसकेकी हुन् ।

यस्तै विभागको सदस्य सचिवको जिम्मेवारी सुन्दर पाण्डे नुवाकोटले पएका छन् । पाण्डेले वैशाख ३० मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा शिवपुरी गाउँपालिकामा राप्रपाको तर्फबाट पालिकाको अध्यक्षमा प्रतिस्पर्धा गरेका थिए ।

यसैगरी कमलराज श्रेष्ठ दोलखा र सञ्जिव न्यौपाने भक्तपुर पनि प्रचार विभागमा थपिएका छन । राप्रापाका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको केन्द्रीय प्रचार विभाग लाई विस्तार गरेका गरेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्