राजधानीकै कलेजमा शिक्षकले विद्यार्थीलाई दुर्व्यवहार गरेपछि …

काठमाडौं – चाबहिलको सेन्ट लरेन्स कलेजका एकजना शिक्षक विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन् । कलेजका शिक्षक जनार्दन अधिकारीलाई प्रहरी वृत्त, गौशालाले पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ ।

अधिकारीले कलेजका छात्रालाई दुर्व्यवहार गरेको भन्दै मंगलबार विद्यार्थीहरु आन्दोलित भएका थिए । त्यसपछि छलफलका लागि भन्दै शिक्षक र अभिभावकलाई प्रहरीले गौशालास्थित प्रहरी वृत्तमा बोलाएको थियो । त्यहीबीच सोधपुछ गरेर शिक्षक अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्