महामन्त्री शर्माको गृहनगरमा काँग्रेस पराजित, एमाले विजयी

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर झापाको मेचीनगरमा नेपाली कांग्रेसका उम्मेदवार मेयर र उपमेयरमा पराजित भएका छन्।

यहाँ कांग्रेसबाट शर्मानिकट इन्द्रबहादुर बुढाथोकीलाई कांग्रेसले मेयरका लागि उम्मेदवार बनाएको थियो। मेचीनगरमा नेकपा एमालेले मेयर र उपमेयर जितेको छ। एमालेका मेयर उम्मेदवार गोपालचन्द्र बुढाथोकी २६ हजार चार सय ७८ मतसहित निर्वाचित भए भने कांग्रेसका इन्द्रबहादुरले २१ हजार तीन सय ११ मतमात्रै ल्याएका छन्।

उपमेयर पनि एमालेले जितेको छ। एमालेकी उम्मेदवार मीनाकुमारी पोखरेल उपमेयर निर्वाचित भइन्। उनले २१ हजार पाँच सय ९० मत ल्याएकी छन्। कांग्रेसले यहाँ उपमेयर माओवादी केन्द्रलाई छाडेर गठबन्धन गरेको थियो।

सत्ता गठबन्धनबाट उपमेयर उम्मेदवार माओवादीका प्रकाश भण्डारीले जम्मा १२ हजार ८ सय १८ मत ल्याएका थिए। कांग्रेसले मेयरको टिकट दिँदा विवाद भएको थियो। यहाँ कांग्रेस महामन्त्री शर्मा र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षबीच गुटको लडाइँ छ। सिटौला पक्षका केशव पाण्डेलाई मेयरमा सिफारिस गरिए पनि केन्द्रबाट हस्तक्षेप गरेर शर्मानिकट बुढाथोकीलाई मेयर उम्मेदवार बनाइएको थियो।

यसैबीच महामन्त्री शर्माको वडामा पनि कांग्रेस एमालेसँग पराजित भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्