७१५ पालिकाको नतिजा सार्वजनिक : सबै भन्दा ठूलो दल काँग्रेस, अरु दलको कति ?

काठमाडौँ – स्थानीय तहको चुनाव २०७९ अन्तर्गत अहिलेसम्म सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक भएको छ ।

दुई सय ६१ नगरपालिका र चार सय ५४ वटा गाउँपालिका गरी सात सय १५ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेसले तीन सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै कांग्रेसले दुई सय ९० वटा पालिकाको उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

दोस्रोमा रहेको नेकपा एमालेले नगरपालिका र गाउँपालिका गरी एक सय ९३ वटा पालिकाको प्रमुख र दुई सय आठ वटा पालिकाको उप–प्रमुख पदमा जित हासिल गरेको छ ।

तेस्रोमा रहेको नेकपा माओवादी केन्द्रले एक सय २० वटा पालिकाको प्रमुख तथा एक सय २८ वटा पालिकाको उपप्रमुख पद जितेको छ ।

जनता समाजवादी पार्टीले २९ वटा पालिकाको प्रमुख र ३० वटा पालिकाको उपप्रमुख पद जितेको छ । यस्तै नेकपा एकीकृत समाजवादीले १७ वटा पालिकाको प्रमुख र २१ वटा पालिकामा उपप्रमुख पद जितेको छ ।

लोकतान्त्रिक समाजवादी पार्टीले १४ वटा पालिकाको प्रमुख र १० वटा पालिकाको उपप्रमुख पद जितेको छ । यता राष्ट्रिय प्रजातन्त्र पार्टीले चार वटा पालिकामा प्रमुख र चार वटै पालिकामा उपप्रमुख पद जितेको छ ।

राष्ट्रिय जनमोर्चाले चार वटा पालिकाको प्रमुख र दुई वटा पालिकाको उपप्रमुख पद जितेको छ । नागरिक उन्मुक्ति पार्टीले चार वटा पालिकाको प्रमुख र तीन वटा पालिकाको उपप्रमुख पद जितेको छ । जनमत पार्टीले दुई वटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ ।

नेपाल मजदुर किसान पार्टीले एउटा नगरपालिकाको मेयर र उपमेयर जितेको छ । विवेकशील साझाले एउटा पालिकामा प्रमुख र उपप्रमुख पद जितेको छ । जनप्रगतिशील पार्टीले एउटा पालिकाको प्रमुख र एउटा पालिकाको उपप्रमुख पद जितेको छ । यस्तै स्वतन्त्र उम्मेदवारले १२ वटा पालिकाको प्रमुख र पाँच वटा पालिकाको उपप्रमुख पद जितेका छन् ।

निर्वाचन आयोगमा दर्ता भएका ७९ वटा दलमध्ये पालिका चुनाव २०७९ मा १३ वटा दलले पालिकाको प्रमुख र उपप्रमुख पद जितेर अस्तित्वमा आएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्