बालिकालाई बलात्कार गरेको आरोपमा म्यादी प्रहरी पक्राउ

सांकेतिक तस्वीर

झापा – झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् ।

एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल छन् । ५ वर्ष अघि २०७४ साल जेठ ३ गते उदयपुरको ताप्लीमा रहेको गहते जंगलमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा पोख्रेल पक्राउ परेका हुन् । बालिका बेहोस भएपछि उनी फरार थिए ।

फरार रहेका पोख्रेललाई प्रहरीले खोजिरहेको भए पनि भेट्न सकेको थिएन । तर स्थानीय तह चुनावका लागि झापामा म्यादी प्रहरीका लागि आवेदन दिई छनोट प्रक्रिया पूरा गरेर म्यादी प्रहरीमा कार्यरत रहेकै बेला उनलाई प्रहरीले झापाको गौरीगञ्जबाट पक्राउ गरेको हो ।

पक्राउ परेका पोख्रेललाई थप अनुसन्धानका लागि उदयपुर नै पठाइएको झापा प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्