६ सय ९० पालिकाको नतिजा सार्वजनिक : कुन दलले कति जिते ?

काठमाण्डाै – अहिलेसम्म ६ सय ९० वटा पालिकाको नतिजा आएको छ । निर्वाचन आयोगका अनुसार २ सय ४३ नगरपालिका र ४ सय ४७ गाउँपालिका गरी ६ सय ९० पालिकाको मत परिणाम सार्वजनिक भएको हो ।

नेपाली कांग्रेसले मेयर १ सय २१ र अध्यक्षमा १ सय ८४ गरी ३ सय ५ पालिकामा प्रमुख पद जितेको छ । उपमेयरमा ९३ र उपाध्यक्ष १ सय ८७ गरी २ सय ८० ठाउँमा कांग्रेसले उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

नेकपा एमाले दोस्रो स्थानमा छ । उसले मेयरमा ६६ र अध्यक्षमा १ सय २१ गरी १ सय ८७ पालिकामा जितेको छ । एमालेले उपमेयर ८९ र उपाध्यक्ष १ सय २२ गरी २ सय ११ पालिकामा उपमेयर तथा उपाध्यक्ष जितेको छ ।

माओवादी केन्द्रले मेयर २३ र अध्यक्ष ९६ गरी १ सय १९ पालिकामा प्रमुख तथा उपमेयर ३१ र उपाध्यक्ष ९३ गरी १ सय २४ पालिकामा उपमेयर तथा उपाध्यक्ष पद जितेको छ ।

एकीकृत समाजवादीले ९ पालिकामा मेयर, जसपाले १९ पालिकामा अध्यक्ष तथा स्वतन्त्र र अन्य दलले अहिलेसम्म ५१ वटा पालिकामा मेयर तथा अध्यक्ष जितेका निर्वाचन आयोगको विवरण छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्