गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको छ : कोइराला

काठमाडौँ – नेपाली कांग्रेसका नेता शेखर कोइरालाले गठबन्धन गरेकै कारण कांग्रेसले मुलुकका धेरै स्थानीय तहको नेतृत्व गुमाएको बताएका छन्।

अघिल्लो चुनावमाभन्दा यसपटक कांग्रेस बलियो बनेको तथ्यांकले देखाइरहँदा नेता कोइरालाले भने एक्लै चुनाव लडेको भए अहिलेभन्दा अझै धेरै स्थानमा जितको सम्भावना रहेको दाबी गरेका हुन्।

‘अहिलेसम्म जितेका ६० प्रतिशत स्थानीय तह कांग्रेस एक्लैले जितेको हो’, कोइरालाले सेतोपाटीसँग भने, ‘बाँकी ४० प्रतिशत गठबन्धनको बलमा जितेको हो । यदि गठबन्धन थिएन भने कांग्रेसले अरू धेरै सफलता पाउने थियो।’

नेता कोइराला सुरूदेखि नै कांग्रेस एक्लै निर्वाचनमा जानुपर्ने अडानमा थिए । गठबन्धनमा रूचि नभएकै कारण उनको गृहजिल्ला मोरङमा कांग्रेसले तालमेल गरेन । तालमेल नगरी चुनावमा गएको कांग्रेसले मोरङका धेरै स्थान गुमाएको छ ।

तालमेल गरेको विराटनगरमा कांग्रेस विजेता हुँदा तालमेल नगरेको उर्लाबारी, लेटाङ, बेलबारी, पथरी शनिश्चरेसहितका दुई गाउँपालिका जितिसकेको छ । रंगेली र सुन्दरहरैंचामा पनि एमालेकै अग्रता छ । कांग्रेस भने रतुवामाई नगर र विराटनगरमा सीमित भएको छ।

मोरङमा भोगेको असफलतालाई भने कोइरालाले स्वीकार गरे।

‘गठबन्धन नहुँदा मोरङमा केही स्थान हामीले लुज गर्यौं’, कोइरालाले भने, ‘तर, देशव्यापी रूपमा हेर्दा गठबन्धन नभएकै ठाउँमा हामीले धेरै जितेका छौं।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्