डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते, १८ महिने बालक बेपत्ता

डोटी – डोटीमा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् ।

ना ५ ख ९६६३ नम्बरको बस बिहान शिखर नगरपालिका–१ गेरुपानी सडक खण्डमा दुर्घटना हुँदा १८ महिनाका एक बालक बेपत्ता भएका इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ । बस सडकबाट सेती नदीको किनारमा खसेको छ । घाइतेको दिपायलमा उपचार भइरहेको छ । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । बेपत्ता बालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्