६८४ स्थानीय तहको नतिजा सार्वजनिक, काँग्रेसले ३ शतक कटायो

काठमाडौँ – स्थानीय तह निर्वाचन अन्तरगत जारी मतगणनाबाट ६८४ स्थानीय तहको अन्तिम नतिजा घोषण भएको छ । कुल ७५३ स्थानीय तहमध्ये सो संख्यामा नतिजा घोषणा भएको हो ।
शनिबार बिहानसम्म महानगर, उपमहानगर र नगरपालिकाको प्रमुख पदमा २३७ जनप्रतिनिधि विजयी भएका छन् भने गाउँपालिकाको अध्यक्ष ४४६ जनप्रतिनिधि विजयी भएका छन् । यी स्थानीय तहमा सबै वडाध्यक्षदेखि सदस्यसम्मका पदमा निर्वाचित भइसकेका छन् ।

नतिजाअनुसार नेपाली काँग्रेस पहिलो स्थानमा रहेको छ । काँग्रेसले स्थानीय तहको प्रमुख तथा अध्यक्षमा जितको संख्या ३ सतक कटाइसकेको छ । शनिबार बिहानसम्म काँग्रेसले ११९ प्रमुख र १८४ गाउँपालिका अध्यक्ष जितेर ३ सतक कटाएको हो ।

यस्तै एमाले दोस्रो स्थानमा रहेको छ भने माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । एक साताअघि देखि सुरु मतगणना अझै जारी रहेको छ । बाँकी स्थानीय तहको नतिजा पनि अधिकांश स्थानमा अन्तिम चरणमा पुगेको निर्वाचन आयोगले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्