चितवनमा हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै मृत्यु

तस्विर: कायाकैरन दैनिक

चितवन – चितवनमा शुक्रबार साँझ भीषण हावाहुरीसहित आएको पानीले तीन जनाको ज्यान लिएको छ ।

हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ । भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।

राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा दुर्घटना भएको हो ।

भीषण हावाहुरीले नारायणी नदीको पुल माथि रहेका सबै बिजुलीका सबै पोल भाँचिदिएको छ । नारायणगढदेखि गैंडाकोटसम्मका पुलमाथि रहेका कुनै पनि सबै पोल सग्लो छैनन् ।

पोल नारायणी नदीतर्फ झुन्डिएको अवस्थामा छन् । पोलहरू ढल्दा रेलिङसमेत भाँचिएका छन् । अकस्मात आएको हावाहुरीले गुडिरहेको ट्रकलाई नारायणी पुल माथि नै लडाइदिएको थियो ।

पुलमा रहेको वारले गर्दा ट्रक नदीमा खस्नबाट जोगिएको प्रहरीले जनाएको छ । ट्रक लडेपछि केहीबेर पूर्वपश्चिम राजमार्गसमेत अवरुद्ध बनेको थियो । क्रेनको सहायताले ट्रकलाई उठाएपछि राजमार्ग खुलेको छ ।

हावाहुरीले भरतपुरमा रहेको सिनर्जी एफएम ९१.६ मेगाहर्जको टावर भाँचिएको छ । रेडियोको प्रशारण अहिले बन्द छ । भरतपुरका अधिकांश भागमा विद्युत लाइन छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्