‘हरेक उम्मेदवारले प्राप्त गरेको मतको सम्मान हुने गरि काम गर्नेछु’ : नगर प्रमुख जोशी

काठमाडौँ – डडेल्धुराको परशुराम नगरपालिकाका नव निर्वाचित नगर प्रमुख भरत बडायर जोशीले पदभार ग्रहण गरेका छन् । शुक्रबार जोशीले नगरकार्यपालिकाको कार्यलय परशुराममा पदभार ग्रहण गरेका हुन् । पदभार ग्रहण पश्चात जोशीले चुनावी मैदानमा होमिदाका प्रतिबद्धताहरु अक्षरश सम्झना भएको बताएका छन् । उनले इमान्दारीता र जनमतको विश्वासको जगमा कार्यरत रहने समेत प्रतिबद्धता गरेका छन् ।

उनले भनेका छन्, ‘सम्पन्न निर्वाचनमा हरेक उम्मेदवारले प्राप्त गर्नुभएको मतको सम्मान हुने गरि काम गर्नेछु, किनभने यो व्यवस्थाप्रतिको विश्वासको कुरा पनि हो ।’ उनले सम्पूर्ण मतदाताहरुलाई धन्यावाद समेत दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्