कञ्चनपुरको बेदकोटका निवर्तमान मेयर चन्दले गरे सम्पति विवरण सार्वजनिक

काठमाडौँ – कञ्चनपुरको बेदकोट नगरपालिकाका निवर्तमान नगर प्रमुख अशोक कुमार चन्दले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका छन् । शुक्रबार निवर्तमान मेयर चन्दले प्रेस विज्ञप्ति जारी गर्दै आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हुन् ।
चन्दले नगरको संस्थापक प्रथम (पहिलो) नगर प्रमुख पदमा विजय गराई समग्र नगरबासीको सेवा गर्ने अवसर दिनुभएकोमा सम्पूर्ण नगरबासीहरुलाई धन्यवाद समेत दिएका छन् ।

चन्दले १५०० नगद र १ लाख २ हजार ७ सय ६५ रुपैया १० पैसा एनआइसी एसिया बैंकमा बैंक खातामा रहेको जानकरी दिएका छन् ।

सम्पत्ति विवरण
२०७४ असार २० गते नगर प्रमुखमा निर्वाचित भई २०७९ जेठ ५ गतेसम्ममा पदमा बहाल रहेपछिको सम्पत्ति विवरण ।
अचल सम्पत्तिकोे विवरण
१–बेदकोट नगरपालिका वडा नं. ४ विजयनगर (बगुन) मा पक्की घरसहित ३ बिघा जग्गा सगोलमा रहेको
स्रोत : पैत्रिक सम्पत्ति
२–बेदकोट नगरपालिका–३ दैजीमा ३ कठ्ठा जग्गा र पक्की घर । स्रोत ः श्रीमती विन्देश्वरी चन्द (शिक्षिका) को तलबबाट २०६७ सालमा खरिद गरी घर निर्माण भएको ।
३–बैतडी जिल्ला साबिक भौनेली गाबिस (हाल सुर्नया गाउँपालिका) मा ४ ठाउँमा रहेको घर समेत गरी ३८ रोपनी आठ आना जग्गा रहेको ।
स्रोत : पैत्रिक सम्पत्ति ।
सवारी साधन
१– दुई वटा मोटरसाइकल ।
२–एउटा स्कुटी ।
चल सम्पत्तिको विवरण
नगद, सुन, चाँदी
सुन १० तोला
चाँदी ३२ तोला स्रोतः पैत्रिक सम्पत्ति
नगद १५,०००÷–
बैंक खाता : एनआइसी एसिया बैंकमा १ लाख २ हजार ७ सय ६५ रुपैया १० पैसा बैंक खातामा रहेको ।
अशोक कुमार चन्द
निवर्तमान नगर प्रमुख
बेदकोट नगरपालिका, कञ्चनपुर

 

 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्