६ सय ६७ पालिकाको नतिजा सार्वजनिक : सबैभन्दा ठूलो दल बन्यो काँग्रेस, एमाले खुम्चियो, माओवादी फष्टायो

काठमाडौँ – पालिका चुनाव २०७९ अन्तर्गत ६ सय ६७ वटा पालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा नेपाली कांग्रेस दुई सय ९८ वटा पालिकाको प्रमुख जित्दै पहिलो स्थानमा रहेको छ ।

दुई सय २६ वटा नगरपालिका र चार सय ४१ वटा गाउँपालिकाको अन्तिम नतिजा सार्वजनिक हुँदा कांग्रेसले एक सय १४ वटा नगरपालिका र एक सय ८४ वटा गाउँपालिकाको प्रमुख पद जितेको हो । यस्तै कांग्रेसले ८६ वटा नगरपालिका, एक सय ८५ वटा गाउँपालिकाको उपाध्यक्ष र दुई हजार चार सय ४९ वटा वडाको अध्यक्ष पद जितेको छ ।

दोस्रो स्थानमा रहेको एमालेले ६३ वटा नगरपालिकाको मेयर र एक सय २० वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय ८३ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एमालेले ८५ वटा नगरपालिकाको उपमेयर, एक सय २० वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार नौ सय ४९ वटा वडाको अध्यक्ष पद जितेको छ ।

तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २० वटा नगरपालिकाको मेयर र ९४ वटा गाउँपालिकाको अध्यक्ष गरी एक सय १४ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै माओवादीले २८ वटा नगरपालिकाको उपमेयर, ९३ वटा गाउँपालिकाको उपाध्यक्ष र एक हजार सात वटा वडाको अध्यक्ष पद जितेको छ ।

नेकपा एकीकृत समाजवादीले सात वटा नगरपालिकाको मेयर, आठ वटा गाउँपालिकाको अध्यक्ष गरी १५ वटा पालिकाको प्रमुख पद जितेको छ । यस्तै एकीकृत समाजवादीले आठ वटा नगरपालिकाको उपमयेर र १३ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

जनता समाजवदी पार्टी जसपाले चार वटा नगरपालिकाको मेयर, १७ वटा गाउँपालिकाको अध्यक्ष, सात वटा नगरपालिकाको उपमेयर र १५ वटा गाउँपालिकाको उपाध्यक्ष पद जितेको छ ।

बाँकी पालिकामा राप्रपा, जनमोर्चा, नेमकिपा, जनमत लगायतका साना दल र स्वतन्त्र उम्मेदवार विजयी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्