नुवाकोटको तादीका अध्यक्ष तामाङ सहित अन्य जनप्रतिनिधिहरुले लिए पद तथा गोपनीयताको सपथ

काठमाडौँ – नुवाकोटको तादी गाउँपालिकाका अध्यक्ष सन्तमान तामाङले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार अध्यक्ष तामाङ सहित अन्य जनप्रतिनिधिहरुले पनि पद तथा गोपनीयताको सपथ लिएका हुन्् । तामाङले उपाध्यक्ष सन्जु प्याकुरेल, वडा नं. १ का वडा अध्यक्ष नकुर दोङ तामाङ, वडा नं. २ का वडा अध्यक्ष बच्चुरामा तामाङ, वडा नं. ३ का वडा अध्यक्ष सोनाम तामाङ, वडा नं. ४ का वडा अध्यक्ष अस्मिन कुमार पाण्डे, वडा नं. ५ का वडा अध्यक्ष सरोज भण्डारी, वडा नं. ६ का वडा अध्यक्ष शेरमान तामाङ र अन्य वडा सदस्यहरुलार्य पद तथा गोपनीयताको सपथ गराएका हुन् । अध्यक्ष तामाङ नेपाली काँग्रेसबाट तादीको अध्यक्षमा निर्वाचित भएका थिए भने उपाध्यक्ष प्याकुरेल माओवादी केन्द्रको तर्फबाट निर्वाचित भएकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्