हेलम्बुका अध्यक्ष शेर्पाले लिए पद तथा गोपनीयताको सपथ, सेवाग्राहीले गुनासो नगर्ने गरि काम गर्न निर्देशन

काठमाडौँ – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले पद तथा गोपनीयताको सपथ लिएका छन् । शुक्रबार  अध्यक्ष शेर्पा सहित अन्य जनप्रतिनिधिहरुले पनि पद तथा गोपनीयताको सपथ लिएका छन् । जिल्ला सदरमुकाम चाैतारामा पद तथा गाेपनीयताकाे सपथ लिएपछि अध्यक्ष शेर्पाले हेलम्बु पुगेर उपाध्यक्ष अप्सरा लामिछाने सहित वडा अध्यक्षहरु र सदस्यहरुलाई पद तथा गाेपनीयताकाे सपथ ग्रहण गराएका थिए ।

पद तथा गोपनीयताको सपथ लिए पश्चात अध्यक्ष शेर्पाले वडामा सेवाग्राहीलाई सेवाको लागि कुर्नुपर्ने अवस्थाको अन्त्य गर्न निर्देशन दिए । उनले भने, ‘गाउँपालिकाका प्रत्येक वडामा अध्यक्ष भेटिएन, वडामा कर्मचारी भेटिएन भन्ने गुनासो नहुने गरि काम गुर्नुहोस्’ । अध्यक्ष शेर्पा हेलम्बुको अध्यक्षमा दास्रो कार्यकालका लागि निर्वाचित भएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्