प्याब्सन र एन प्याब्सनको निष्कर्ष : सरकारले इन्धन बचाउने नाममा शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गर्नु विडम्बनापूर्ण

काठमाडौँ – प्याब्सन तथा नेशनल प्याब्सन काठमाडौँले नेपाल सरकारले पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने र इन्धन बचाउने नाममा सबै शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गर्नु विडम्बनापूर्ण भएको बताएको छ । प्याब्सन तथा नेशनल प्याब्सन काठमाडौँले शुक्रबार संयुक्त विज्ञप्ती जारी गर्दै यस्तो बताएको हो । विज्ञप्ती जारी गर्दै प्याब्सन तथा नेशनल प्याब्सन काठमाडौँले भनेको छ, ‘बहुसंख्यक अभिभावकहरु कामकाजी भएकोले आइतबार विदा हुँदापनि बालबच्चासँग बस्न सम्भव नभएकाले आइतबारे विदाले बालबालिकामा सामाजिकीकरण हुनु भन्दा समयको दुरुपयोग गर्ने सम्भावना रहेकाले यो निर्णय हरेक दृष्टिकोणबाट अव्यवहारिक, अवैज्ञानिक एवं दुरगामी नरेको हाम्रो ठम्याई छ । यसबाट विद्यायलयमा गई प्रत्यक्ष रुपमा शिक्षण सिकाई गर्ने कलिका बालबालिकाहरुको सिकाई प्रक्रियामा प्रत्यक्ष प्रभाव पार्ने भएकाले प्याब्सन तथा नेशनल प्याब्सन सरकारको यो निर्णय प्रति असहमती जनाउँदै तुरुन्त निर्णय फिर्ता लिन जोडदार माग गर्दछ ।’ नेपालको शैक्षिक सुधारका लागि सरकारसँग आवश्यक छलफल गर्ने समेत विज्ञप्तिमा भनिएको छ । सरकारले जेठ १ गते देखि शनिबार र आईतबा २ दिन सर्वाजनिक विदा दिने निर्णय गरेको छ ।

यो पनि 

सरकारको आइतबार पनि विदा दिने निर्णय प्रति नेशनल प्याब्सनको आपत्ति

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्