आईपीएल : बेङ्ग्लोरले गुजरातलाई हरायो, प्ले अफमा पुग्ने सम्भावना कायमै

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बेङ्ग्लोरले गुजरात टाइटन्सलाई हराएको छ ।

मुम्बईमा गएराति भएको खेलमा बेङ्ग्लोरले शीर्ष स्थानको गुजरातलाई ८ विकेटले हराएको हो । जितसँगै बेङ्ग्लोरले प्ले अफ पुग्ने सम्भावना कायमै राखेको छ । गुजरातले दिएको १ सय ६९ रनको लक्ष्य बेङ्ग्लोरले १८ ओभर ४ बलमा २ विकेट गुमाएर भेट्टायो ।

बेङ्ग्लोरका विराट कोहलीले ७३ रनको अर्धशतकीय पारी खेले । गुजरातका राशिद खानले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ५ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो । गुजरातका कप्तान हार्दिक पान्डेयले अविजित ६२ रनको अर्धशतकीय पारी खेले । बेङ्ग्लोरका जोश हाजलउडले २ विकेट लिए । बेङ्ग्लोर १४ खेलमा १६ अङ्क जोडेर चौथो स्थानमा उक्लिएको छ । गुजरात प्ले अफमा पुगिसकेको छ । शीर्ष स्थानमा रहेको गुजरातको १४ खेलमा २० अङ्क छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्