रोहित राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानमा नियुक्त

युवा ब्याट्सम्यान रोहित कुमार पौड्याल नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान चुनिएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले उनलाई बिहीबार उपकप्तानको जिम्मेवारी दिएको हो ।

उनी अमेरिका सिरिजका लागि उपकप्तान चुनिएका हुन् । रोहितले आईसीसी विश्वकप लिग टू अन्तर्गत अमेरिकामा हुने नेपाल, यूएई र स्कटल्यान्डबीचको सिरिजमा उपकप्तानको भूमिका निर्वाह गर्नेछन् ।

रोहित राष्ट्रिय टोलीका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले एकदिवसीय क्रिकेटमा १७ खेलमा ६२३ रन बनाएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्