विवेकशील साझा पार्टीले गाउँपालिकामा खाता खोल्यो, फेटाको अध्यक्ष र उपाध्यक्षमा निर्वाचित

विवेकशील साझा पार्टीले गाउँपालिकामा खाता खोलेको छ । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचन अन्तर्गत विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका हुन् ।

बाराको फेटा गाउँपालिकको अध्यक्ष र उपाध्यक्षमा विजयी भएर विवेकशील साझाले खाता खोलेको हो । गाउँपालिकको अध्यक्षमा रूस्तम अन्सारी र उपाध्यक्षमा निलम साह विजयी भएका हुन् । यस्तै गाउँपालिकाको वडा नं ३ को अध्यक्षमा मौलाना मिरहमजा ठकुराइ र ६ को अध्यक्षमा प्रहलाद साह तेली विजयी भएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्