मनाङको चामे गाउँपालिकामा मतगणना सुरू, एमाले उम्मेदवारको अग्रता

काठमाडौँ – मनाङको चामे गाउँपालिकामा मतगणना सुरू भएको छ । मुख्य निर्वाचन अधिकृत पुनाराम खनालका अनुसार पालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । एमालेका अध्यक्ष पदका उम्मेदवार लोकेन्द्रबहादुर घलेले अहिलेसम्म १५२ मत प्राप्त गरेका छन् । घले यसअघि पनि चामे गाउँपालिकाका अध्यक्ष थिए ।

त्यस्तै नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार छिरिङ ध्वर्जे लामाले १३० मत प्राप्त गरेका छन् । उपाध्यक्षमा पनि एमालेका उम्मेदवार अगाडि छन् । एमालेका उपाध्यक्ष पदका उम्मेदवार आशकुमारी गुरुङले १५४ मत प्राप्त गरेकी छन् ।

कांग्रेसका उपाध्यक्षका उम्मेदवार मिङ्मार ढोमा लामाले १२९ मत प्राप्त गरेकी छन् । मुख्य निर्वाचन अधिकृत खनालका अनुसार वडा नं १ र २ को मतगणना सम्पन्न भएको छ। उक्त गाउँपालिकामा ५ वटा वडा छन् । मतगणना भएका वडाहरूको वडाध्यक्षसहित सदस्यहरू निर्विरोध भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्