श्रीमतीलाई धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा श्रीमान पक्राउ

दाङ – आफ्नै श्रीमती २५ वर्षीया गिता चौधरीलाई धारिलो हतियार कैंची प्रहार गरी गम्भीर घाइते बनाएको अभियोगमा गढवा गाउँपालिका-४ पर्सा बस्ने २७ वर्षीय शिउ कुमार चौधरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । घरायसी विवादको कारण शिउ कुमारले कपडा काट्ने कैँचीले घाँटीमा प्रहार गर्दा गम्भीर घाइते भएकी उनलाई उपचारको लागि लमही अस्पताल लमही पठाइएको छ । ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरीले शिउ कुमारलाई पक्राउ गरेको छ ।

यस्तै झापा, बिर्तामोड नगरपालिका-७ डाडागाउँ बस्ने ३० वर्षीय हरदेव राजवंशीलाई धारिलो हतियार चक्कु प्रहार गरी गम्भीर बनाएको अभियोगमा भारत दार्जिलिङ बस्ने ३९ वर्षीय जन्ते राजवंशीलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-७ डाडागाउँ बस्ने दिपेश भट्टराईको निर्माणाधिन घरमा लेबर काम गर्ने जन्तेले आपसी विबादमा चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका हरिदेवलाई उपचारको लागि मेची अस्पताल भद्रपुर पठाइएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्