१५ वर्षीया किशोरीलाई बलात्कार गर्ने १९ वर्षिया युवक पक्राउ

सांकेतिक तस्विर

तनहुँ – १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा शुक्लागण्डकी नगरपालिका-६ बस्ने १९ वर्षीय रोशन मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-४ दुलेगौडास्थित होटल एण्ड लजमा मगरले ती किशोरीलाई बुधबार राति जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय वेलचौताराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्