काठमाडौँ उपत्यकामा साँझ ६ बजेदेखि यातायात चल्ने

FILE PHOTO

काठमाडौं – काठमाडौं उपत्यकामा साँझ ६ बजेदेखि यातायातका साधन सञ्चालन गर्न पाइने भएको छ । ट्राफिक प्रहरी महाशाखाले साँझ ६ बजेदेखि सार्वजनिक सहित सबैखाले यातायातका साधन सञ्चालन गर्न दिनेगरी निर्णय भएको जनाएको छ ।
आज दिनभरमा नियमविपरीत सञ्चालनमा आएका सवारी साधनलाई होल्ड गरिएको र ती सबै साँझ छाडिने प्रहरीले जनाएको छ ।

स्थानीय तह निर्वाचनका लागि शुक्रबार यातायातका साधन बन्द गरिएको थियो । निर्वाचन बिहान ७ बजेदेखि सुरु भइ साँझ ५ बजे सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्