मतदानपछि नङमा रङ किन लागाइन्छ ?

स्थानीय तहको निर्वाचनमा शुक्रवार मतदान भइरहेको छ।

अघिल्लो पटक भएको निर्वाचनमा सामाजिक सञ्जालमा सार्वजनिक व्यक्तित्वदेखि आममानिसले मतदान गरिसकेपछि अरूलाई पनि मतदानको लागि प्रेरित गर्न मसी लगाएको औँलाको फोटो साझा गरे। केहीले मसी लगाएको औँला देखाउनुलाई रमाइलोको विषय समेत बनाएको उनीहरूको पोस्टमा देखिन्छ। केहीले भने मतदान गरेको पुष्टि गर्न तस्बिर नै सार्वजनिक गर्नुलाई अनुचित ठानेका छन्।

बुकाहोलिक्स पठन समूहकी संस्थापक सगुना शाहले फेसबुकमा व्यङ्ग्यात्मक ढङ्गमा लेखेकी छन्: “यहाँ आफूलाई भने चुनावपछिको ‘अनिवार्य मसी’वाला बुढी औँला पोस्टको चिन्ता छ।”

त्यस्ता तस्बिरले मानिसमा नैतिक दबाव उत्पन्न गराउन सक्ने उनको बुझाइ छ। उनले भनिन्,”मानिसहरूको चुप बस्ने रोजाइविरुद्ध दबाव दिएजस्तो लाग्छ। मतदान गर्न जान नसक्नेहरूलाई पनि यसले असर पुर्‍याउन सक्छ। त्यसैले त्यसरी औँलाको तस्बिर राख्ने प्रवृत्तिलाई व्यङ्ग्य गरेकी हुँ।” उनकै पोस्टमा प्रतिक्रिया जनाउँदै केहीले जिज्ञासा व्यक्त गरेका छन्: नेल पोलिस लगाएको नङमा त्यो रङ लाग्छ त?

नङमा लगाउने रङ कस्तो अवस्थामा लाग्छ/लाग्दैन र कति समय रहन्छ भन्नेलगायत केही प्रश्नको जवाफ हामीले यहाँ समेटेका छौँ। मतदान गरिसकेको सङ्केतको रूपमा प्रयोग गरिने मसी यस पटक निर्वाचन आयोगमार्फत केन्द्रहरूमा पठाइएको अधिकारीले बताएका छन्।

कुल २१,९५५ वटा मतदान केन्द्रमा चार वटाको दरले मार्कर पठाइएको आयोगका सह-प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए।

“हरेक केन्द्रमा तोकिए बमोजिम नमेटिने मार्कर पठाइएको छ। बोलपत्र आह्वान गर्दा आएकामध्ये सबैभन्दा कम मूल्यमा उपलब्ध मार्कर खरिद गरिएको छ,” अर्यालले भने।

किन प्रयोग गरिन्छ नङमा रङ?

निर्वाचन व्यवस्थापन महाशाखाका प्रमुख तुलसीबहादुर श्रेष्ठका अनुसार मतदान गरेका व्यक्तिको नङ र मासुको बीचमा रङ लगाइन्छ।

यसले मतदान गरेका र नगरेका मानिस पहिचान गर्न सहज हुने र दोहोर्‍याएर मतदान गर्नबाट रोक्न सकिने उनले बताए। “कतिपय अवस्थामा चिन्ह मेटेर मतदान गर्ने प्रयास हुनसक्छ। त्यस्तो अवस्थामा हत्तपत्त नजाने मसीको प्रयोग हुन्छ,” उनले भने।

श्रेष्ठले ती मसी आयातित भएको जानकारी दिए। BBC 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्