सप्तरीको डाक्नेश्वरीमा निर्वाचन स्थगित, जेठ १ गते निर्वाचन हुने

सप्तरी – सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर २ स्थित एक मतदान केन्द्रमा स्थगित भएको निर्वाचन आगामी जेठ १ गते हुने भएको छ ।

डाक्नेश्वरी नगरपालिकाको वडा नम्बर २ स्थित हरिरबा जनता मावि मतदान स्थलमा केहि व्यक्तिको समूहले मतपेटिकाहरु तोडफोड गर्दै मतदान अधिकृतलाई कुटपिट गरेपछि निर्वाचन स्थगित भएको थियो ।

निर्वाचनलाई स्थगित गर्दै जेठ १ गते गर्ने निर्णय भएको निर्वाचन अधिकृत शम्भुनाथ मगरले जानकारी दिए । कुटपिटबाट मतदान अधिकृत विपिन यादव घाइते भएका छन् । उनलाई उपचारका लागि सदरमुकाम राजविराज पठाइएको छ । २ हजारभन्दा बढी मत खसिसकेको अवस्थामा केहि व्यक्तिले एक्कासी तोडफोड र कर्मचारीमाथि कुटपिट शुरु गरेका थिए । ती व्यक्तिहरुले मतदानस्थलका कागजातहरु समेत च्यातेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ?

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्