रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु

सांकेतिक तस्बिर

काठमाडौँ – रुकुम पश्चिममा नेपाली काँग्रेसका उम्मेदवार सवार गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँफिकोट गाउँपालिका वडा ७ का ७० वर्षीय प्रवीण खत्री रहेका छन् । ​बाफिकोट गाउँपालिका वडा ७ मा लु ३ च ३३१० नम्बरको गाडीले खत्रीलाई ठक्कर दिएको हो । गाडीमा उम्मेदवार जनककुमार वाँठा मगर सवार रहेको कर्णाली प्रदेश कार्यालयका एसएसपी राजेश बास्तोलाले पुष्टि गरे ।

खत्री मत हाल्नका लागि मतदान केन्द्रतिर जाँदै थिए भने बाठा मतदान केन्द्रको अनुगमनका लागि जाँदै गर्दा उक्त दुर्घटना भएको थियो । प्रहरीले गाडीका चालक देवराज शाहीलाई नियन्त्रणमा लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्