बाबुराम भट्टराईलाई आयोगले सोध्यो स्पष्टिकरण

काठमाडौँ — निर्वाचन आयोगले पूर्वप्रधानमन्त्री तथा जसपाका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ । मतदान गर्ने क्रममा मत संकेत समेत देखाएर खिचेको तस्बिर सार्वजनिक गरेको विषयलाई लिएर कारबाही किन गर्नु नपर्ने हो भनेर आयोगले स्पष्टीकरण सोधेको हो ।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पूर्वप्रधानमन्त्री भट्टराईलाई प्रष्टीकरण सोधेको जानकारी दिए । भट्टराईलाई निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा ७ को उपदफा २ बमोजिम किन कारबाही गर्नु नपर्ने हो ? भनेर आयोगले प्रश्न गरेको छ । पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र जवाफ पेस गर्न आयोगले समय दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्