सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप, ६ राउण्ड हवाइ फायर

सर्लाही – सर्लाहीको धनकौल गाउँपालिकामा राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ६ राउण्ड हवाइ फायर गरेको छ ।

गाउँपालिकाको वडा नम्बर-२ स्थित पशुसेवा मतदान स्थलमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीका कार्यकर्ताबीच भएको झडपलाई नियन्त्रणमा लिन ६ राउण्ड हवाई फायर गरिएको प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।

यो मतदानस्थलमा अहिलेसम्म निर्वाचन सुरु हुन सकेको छैन । प्रमुख जिल्ला अधिकारी गौतमले नेपाल तथा सशस्त्र प्रहरीलाई यहाँ तैनाथ गरिएको र नेपाली सेनाको हवाई गस्ती समेत आइसकेकाले केही बेरमा निर्वाचन सुरु हुने जानकारी दिए । धनकौलमा मतदान केन्द्र राख्ने विषयमा विवाद रहेको छ । सोही विषयलाई लिएर मतदान स्थलमा असन्तुष्ट पक्षले ढुंगामुढा गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्