मिस वर्ल्ड २०२० नेपालमा गर्नेबारे मन्त्री भट्टराई र विश्व सुन्दरीबीच प्रारम्भिक छलफल

विश्व सुन्दरी टोनी एन सिंह बिहीबार नेपाल आइपुगेकी छन् । मिस नेपाल आयोजक हिड्न टेजर र पर्यटन मन्त्रालयको समन्वयमा मिस वर्ल्ड–२०१९ कि विजेता टोनी पहिलो पटक नेपाल आएकी हुन् ।

मिस वर्ल्ड संगठनका अध्यक्ष जुलिया मोर्लीसहित आएकी जमैकाकी सुन्दरी टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मिस नेपाल अनुस्का श्रेष्ठ र पूर्व मिस नेपाल श्रृंखला खतिवडाले स्वागत गरेका थिए । उहाँहरुले बिहीबार नै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई पनि भेटेका हुन ।

भेटमा मिस वल्र्ड २०२० नेपालमा सम्भव भए नभएको विषयमा समेत कुराकानी भएको थियो । मन्त्रालयका अधिकारीहरुकाअ नुसार यो सौन्दर्य प्रतियोगिता नेपालमा गर्न सम्भव छ छैन भन्ने भन्ने बुझ्न आयोजक संस्थाकी अध्यक्ष मोर्ली आफैं आएकी हुन् । तर प्रारम्भिक छलफलमै रहेकाले मिस वर्ल्ड २०२० नेपालमा हुने नहुने भन्न गाह्रो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्