प्रतिनिधिसभाको बैठकमा कोरोनाबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी

प्रतिनिधिसभा बैठक बिहान आज ११ बजे बस्दै छ । प्रतिनिधिसभाको बैठकमा कोरोना भाइरसबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्ने तयारी छ । शुक्रबार बस्ने बैठकमा कांग्रेस सांसद गगन कुमार थापाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव गर्ने तयारी गरेका हुन् ।

सांसद थापाले कोरोनाविरुद्ध सबैजना एकजुट भएर राष्ट्रिय संकल्पको साथ अगाडि बढ्नुपर्ने भएकाले जरुरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्ने तयारी गरेको बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको उच्च जोखिम भएको देशमा सूचीकृत गरेको सन्दर्भमा यससँग जुध्न सरकारले के गरेको छ, अस्पतालको अवस्था के छ भन्ने जस्ता प्रश्नहरुको जवाफ पनि सरकारले सदनलाई दिनुपर्ने संकल्प प्रस्तावमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्