धितोपत्र बोर्डले दियो नेप्सेलाई शुक्रबार पनि बजार खोल्न निर्देशन, जेठबाट शेयर बजार पाँच दिन नै खुल्ने

जेठबाट पनि शेयर बजार पाँच दिन नै खुल्ने भएको छ। शुक्रबार पनि बजार खोल्न पूँजीबजारको नियामक निकाय धितोपत्र बोर्डले नेप्सेलाई निर्देशन दिएको बुझिएको छ।

शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको परिपक्क पूँजीबजार सम्मेलन कार्यक्रममा धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले शुक्रबार पनि बजार खोल्न नेप्सेलाई निर्देशन दिइसकेको बताए।

सरकारले जेठदेखि शनिबार र आइतबार सार्वजानिक विदा दिने भएपछि शेयर बजार ४ दिन मात्रै खुल्ने अवस्था आएको थियो। ४ दिन मात्रै शेयर बजार खोल्नु उपयुक्त नहुने भन्दै हमालले शुक्रबार पनि पूर्ण समय बजार खोल्न निर्देशन दिएको बताए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्