यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान

काठमाण्डौ – यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान जल तथा मौसम विज्ञान विभागले गरेको छ ।  शुक्रवार काठमाण्डौमा आयोजित मनसुन सिजनको हावापानी आँकलन कार्यक्रममा विभागले यस वर्ष सरदरभन्दा बढी पानी पर्ने अनुमान गरिएको जनाएको हो ।

विभागको अनुमानअनुसार आउँदो जेठ १८ देखि असोज १४ गतेसम्मको चार महिनाको मनसुन सिजनमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १ का तराईका भूभाग, बाग्मती प्रदेशका उत्तर पूर्वी भूभाग, गण्डकी प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका उत्तर पश्चिमी भूभाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको विभागले जनाएको छ ।

यो वर्ष पनि सरदरभन्दा बढी पानी पर्ने सम्भावना रहेकोले बेलैमा सचेत रहन आग्रह गर्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्