नवनियुक्त प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहलाई दर्ज्यानी चिन्ह

काठमाडौँ – नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहले दर्ज्यानी चिन्ह लगाएका छन् ।

गृह मन्त्रालयले सोमबार बिहान आयोजित कार्यक्रममा महानिरीक्षक सिंहले दर्ज्यानी चिन्ह लगाएका हुन् । महानिरीक्षक सिंहलाई गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले दर्ज्यानी चिन्ह लगाइदिए ।

सरकारले आईतवार सिंहलाई महानिरीक्षकमा बढुवा गरेको थियो । तर वरियताका क्रममा आफू भन्दा कनिष्ठ रहेका सिंहलाई सरकारले महानिरीक्षक बनाएको भन्दै एआईजीद्वय विश्वराज पोखरेल र सहकुल थापा असन्तुष्ट छन् ।

प्रहरीमा आइजिपीका चार जना दाबेदार थिए । विश्वराज पोखरेल, सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक आइजिपीका दाबेदार थिए । २०७७ मंसिरमा विश्वराज पोखरेल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा भएका थिए । उनीपछि गत वर्ष असारमा सहकुल थापा एआइजीमा बढुवा भएका थिए । त्यस्तै गत चैतमा धिरजप्रताप सिंह र रवीन्द्र धानुक बढुवा भएका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्