आईपीएल क्रिकेट : हैदराबादलाई १३ रनले पराजित गर्दै चेन्नई विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा चेन्नई सुपर किङ्ग्स विजयी भएको छ । महाराष्ट क्रिकेट मैदानमा गएराति भएको खेलमा चेन्नईले सनराइजर्स हैदराबादलाई १३ रनले पराजित गरेको हो ।
चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि निकोलस पुरनले ६४ रनको अर्धशतकीय पारी खेले । यस्तै कप्तान केन विलियम्सनले ४७ रन बनाए भने अभिषेक शर्माले ३९ र शशाङ्क सिंहले १५ रन जोडेका थिए ।

पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा २ विकेट गुमाएर २ सय २ रन बनाएको थियो । चेन्नईका लागि ऋतुराज गायकवाडले सर्वाधिक ९९ रनको अर्धशतकीय पारी खेले । यस्तै डेभोन कोन्वेले ८५ रनको अर्धशतकीय पारी खेले । कप्तान महेन्द्र सिंह धोनी ८ रनमा आउट भए । चेन्नईका मुकेश चौधरीले ४ विकेट लिए भने मिचेल सान्टर र ड्यानी प्रेटोरियसले एक÷एक विकेट लिए । हैदराबादका टी नटराजनले २ विकेट लिए ।

जितसँगै ९ खेलमा ६ अङ्क जोडेको चेन्नई नवौँ स्थानमा छ । हैदराबाद ९ खेलमा १० अङ्क जोडेर चौथो स्थानमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्