अपिहिमालले ५ वर्षमा गरेका मुख्य ३२ कार्यहरु : सिद्धमकरीकोट पदमार्ग देखि एक घर एक धारा

काठमाडौँ – दार्चुलाको अपिहिमाल गाउँपालिकाले ५ वर्षमा गरेका कार्यहरुको सूची सार्वजनिक गरेको छ । २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष जितेका धर्मानन्द सिंह मन्याल नेतृत्वको स्थानीय सरकारले आफ्नो कार्यकालमा भएका ३२ कामको सूची सार्वजनिक गरेको हो । सिद्धमकरीकोटको बाटो देखि एक घर एक धारा अन्तर्गत ९० प्रतिशत घरधुरीहरुमा शुद्ध खानेपानीका चाङ सहित धारा निर्माण कार्य सम्मपन्न गरेको सूची सार्वजकि गरेको हो ।

अपिहिमाल गाउँपालिका सरकारले ५ वर्षे कार्यकालमा गरेका मुख्य कार्यहरु

  1. देशकै नमुना सिद्धमकरीकोट सिढि बाटो ८८८२ खुडकिलाको सिडी निर्माण कार्य सम्पन्न उन्मुख रहेको ।
  2. अपिहिमाल गाउँपालिका भित्रका एकल पुरुषहरुको तथ्याङ्क संकलन गरि एकल पुरुषहरु लार्इ मासिक १०००का दरले भत्ता दिने कार्यक्रम संचालनमा ल्याएको छ।
  3. अपिहिमाल गाउँपालिकाको आयोजनामा गाउँपालिकाका विभिन्न वडाहरुमा अपाङ्गता शिविर संचालन गरी अपाङ्गगता परिचयपत्र वितरण गर्नुका साथै ग र घ वर्गका अपाङ्गहरुलाई ५०० र ३०० सामाजिक सुरक्षा भत्ताको व्यवस्था गरिएको ।
  4. अपिहिमाल गाउँपालिकाका ६ वटै वडाहरुमा बर्थिङ्ग सेन्टर निर्माण गरि स्वास्थ्य सेवामा सुधार भएको छ ।
  5. स्वास्थ्य सेवामा थप पहुँच बढाउन १० शैया अस्पतालको ठेक्का सम्झौता भई निर्माणधिन अवस्थामा रहेको छ ।
  6. शिक्षा क्षेत्र सुधार कार्यक्रम मार्फत शैक्षिक गुणस्तर उकास्ने काम भएको छ ।
  7. विद्यालय भवनहरु निर्माण कार्य भएको छ ।
  8. गरिव तथा जेहेन्दार विद्यार्थीहरुको सहजताको लागि छात्र,छात्रावास निर्माण गरिएको छ ।
  9. स्थानीय अल्पंख्यकहरुका बालबालिकाहरुलाई नि:शुल्क शिक्षा सुविधा दिईएको छ ।
  10. शिक्षाको पहुँच बढाउन विद्यालय क्षेत्र भन्दा टाढा रहेका बस्तीहरुमा बाल बिकास केन्द्रहरुको स्थापना गरि शिशु कक्षाहरु संचालनमा ल्याएको छ ।
  11. अपिहिमाल गाउँपालिका भित्र संचालित १-८ विद्यालयलाई १-१० र शिशु कक्षा लाई १-३ को स्वीकृति दिई संचालनमा ल्याईएको छ ।
  1. गरिबि निवारणका लागि लद्युउद्यम विकास कार्यक्रम अन्तर्गत बिशेष गरि एकल/दलित/जनजाती र विपन्न वर्गहरुलाई सिप विकास तालिम सहित प्रविधि हस्तारन्तरण गरि उद्यमी सृजना गरिएको छ ।
  2. प्राविधिक शिक्षा ग्रहणका लागि पालिका/जिल्ला बाहिर जानुपर्ने बाध्यात्मक अवस्थालाई कम गर्न अपिहिमाल गाउँपालिकामै प्राविधिक शिक्षा कृषिको अनुमती लिई संचालनमा रहेको छ ।
  1. अपिहिमाल गाउँपालिका भित्र एक घर एक धारा अन्तर्गत ९० प्रतिशत घरधुरीहरुमा शुद्ध खानेपानीका चाङ सहित धारा निर्माण कार्य सम्पन्न भएको छ।
  2. अपिहिमाल गाउँपालिकामा जिविको पार्जन थुप्रै सम्भावनाहरु रहे सँगै विभिन्न वडामा ३३५ कृषकहरुलाई व्याव्सायिक रुपमा तरकारी खेतीका माध्यमबाट आत्मनिर्भर बनाउन प्लाष्टिक घर निर्माण गरिएको छन् ।
  3. धुवा मुक्त अपि कार्यक्रम अन्तर्गत नि:शुल्क रुपमा एक घर एक ग्यास सिलेन्डर चुलो वितरण गरिएको छ ।
  1. उज्यालो अपि कार्यक्रम अन्तर्गत वडा नं. ६ का लागि मज्जेखोला लघु जलविद्युत आयोजना वडा नं. ३ र ४ का लागि घट्टेखोला लघुविद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा रहेको, वडा नं. ५ लाई राष्ट्रिय प्रशारण लाईनसँग जोड्ने सहकार्य भएको छ भने वडा नं. १ र २ का लागि ११० बाट को सोलार मिनिग्रेडका लागि टेन्डर कार्य भएको छ ।
  2. अपिका बस्ती हिलो मुक्त बस्ति अन्तर्गत PCC (पिसिसि) बाटो निर्माण कार्य सम्पन्न उन्मुख रहेको छ ।
  3. राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण सेवा इकाई द्धारा अपिहिमाल गाउँपालिकाका ६ वटै वडा कार्यालयको २८ स्थानमा व्यक्तिगत घटना दर्ता सत प्रतिशत पुर्याउने लक्ष्कासाथ शिविर सञ्चालन गरियो ।
  4. सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गरियो ।
  5. अपिहिमाल गाउँपालिका का ६ वटै वडाकार्यालयबाट अनलाईन घटना दर्ता गर्ने प्रकृया भैसकेको छ ।
  6. विभिन्न समयमा आएको अविरल बर्षाका कारण बाढी पहिरोबाट क्षति पुगेका घरधुरीलाई राहत स्वरुप नगद तथा वस्तुगत सहयोग उपलव्ध गराएको छ ।
  7. अपिहिमाल गाउँपालिकाको प्रशासकिय भवनको ठेक्का सम्झौता भई निर्माणाधिन अवस्थामा रहेको छ ।
  8. अपिहिमाल गाउँपालिकाले आकस्मिक सेवाका लागि प्रदेश राजधानी सम्म जेष्ठ नागरिक र दिर्घरोगीहरुलाई नि:शुल्क यातायात सेवा उपलव्ध गराउने एम्बुलेन्स खरिद गरि संचालनमा ल्याएको छ ।
  9. बहुक्षेत्रिय पोषण कार्यक्रम कार्यान्यवयन गरि बिशेष गरि सुनौला १००० दिने आमा तथा बालबालिकाहरुको पोषण अवस्थामा सुधार भएको छ ।
  10. अपिहिमाल गाउँपालिका आफैमा पर्यटकिय सम्भावना बोकेको हुँदा खण्डेश्वरी हुँदै अपि वेश क्याम्प सम्मको पर्यटकिय पदमार्ग निर्माण कार्य भै रहेको छ ।
  11. अपिहिमाल गाउँपालिकाले जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम संचालनमा ल्याएको छ ।
  12. अपिहिमाल गाउँपालिकाले विशेष गरि सुनौला १००० दिने आमा र बच्चाहरुको स्वास्थ्य अवस्थालाई मध्य नजर गरि उपाध्यक्ष कोशेली कार्यक्रम संचालनमा ल्याएको छ ।
  13. रैथाने अन्न बालिहरु (जौ, आलु, राजुमा, कोदो, फापर, मर्सि, मसला बाली) को संरक्षण तथा प्रवर्द्धन गर्ने कार्य गरिएको छ ।
  14. भेडा बाख्रा खरिद तथा वितरण गरि कृषकहरुलाई व्याव्सायिक रुपमा आत्मनिर्भर गराउनुका साथै उन उत्पादनमा वृद्धि गराउने कार्य भएको छ ।
  15. प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तर्गत बर्षेनी बेरोजगार युवा युवतीलाई १०० दिन बराबरको रोजगारी दिने कार्य भएको छ ।
  1. प्रधानमन्त्री स्वरोजगारको सुचीमा नपरेका वेरोजगारहरुका लागि निरज तानसेन कार्यक्रम संचालन गरि योजना दिने कार्य भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्