मधेस प्रदेशसभाको बैठक फेरि सारियो

जनकपुर । मधेस प्रदेशको प्रदेशसभा बैठक विशेष कारण जनाउँदै फेरि सारिएको छ । उक्त बैठक चैत ९ गते बुधबारका लागि आह्वान गरिएकामा प्रदेशसभा सचिवालयले आज जारी गरेको सूचनामा विशेष कारण जनाउँदै चैत ११ गते दिउँसो २ बजे बस्ने गरी सारेको हो ।

यसअघि गत फागुन २२ मा बोलाइएको बैठक चैत ९ गतेका लागि सारिएको थियो । बैठक बस्न ढिलाइ हुँदा प्रदेश सरकारद्वारा अघिल्लो बैठकमा पेश भएको प्रदेश प्रहरी ऐन कार्यान्वयनसम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल हुन सकेको छैन ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्