आफ्नै आमालाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

मोरङ, आफ्नै आमा ७० वर्षीया चन्द्रमाया भण्डारीलाई चिरपट प्रहार गरी हत्या गरेको अभियोगमा उर्लाबारी नगरपालिका-४ आइतबारे बस्ने ३५ वर्षीय गंगा प्रसाद भण्डारीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । घरायसी बिवादको क्रममा उनले आफ्नै आमालाई चिरपट प्रहार गर्दा गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेण्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, आफ्नै श्रीमती ३४ वर्षीया अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी हत्या गरेको अभियोगमा भद्रपुर नगरपालिका-१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ परेका छन् । मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्