विहेमा नाच्दा नाच्दै मृत्यु भएपछि …

सांकेतिक तस्बिर

पाल्पा – गएराती पाल्पाको एक परिवारको विवाह भोजमा नाचगान र निकै रमाइलो चलिरहेको थियो । पालैपालो नाच्ने क्रममा जिल्लाको माथागढी गाउँपालिका–७, मौलाथर टोलका टलराज नेपाली नाच्न थाले । नाच्दै जाने क्रममा उनी अचानक ढलेर अन्दाजी ७ मिटर थल खोल्सामा खसे पछि विवाहको रमझम क्षणभरमै शोकमा परिणत हुनपुग्यो ।

सोही वडाको धनुवा टोलका कृष्णबहादुर रानाकी छोरीको विवाहमा यस्तो अकल्पनीय घटना घटेको हो । पाल्पाका प्रहरी प्रवक्ता डिएसपी रामेश्वर त्वातीका अनुसार ४० वर्षीय नेपालीलाई तल खोल्साबाट उठाई माथि नाच्ने ठाउँमा ल्याएर सुताएकोमा उनको शनिवार बिहान मृत्यु भएको हो । शनिवार बिहान हेर्दा निजको मृत्यु भइसकेको भनी खबर प्राप्त हुन साथ प्रहरी चौकी माथा र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षकको कमाण्डमा घटना स्थलमा पुगेर अनुसन्धान गरिएको डिएसपी त्वातीले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्