नेपाल युएईसँग २५ रनले पराजित

File Photo

काठमाडौं – चारदेशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ । युएईले दिएको १९३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १६७ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि दीपेन्द्र सिंह ऐरीले ४१, आशिफ सेखले ३४, लोकेश बमले ३३, ज्ञानेन्द्र मल्लले २२, आरिफ सेखले ११ र शरद भेषावकरले १० रन बनाए ।

युएईका लागि रोहन मुस्ताफा र कासिफ दाउदले २–२ तथा जुनैद सिद्दिकीले १ विकेट लिए । टस हारेर पहिले ब्याटिङ गरेको युएईले २० ओभरमा ३ विकेट गुमाएर १९२ रन बनाएको थियो । चार देशीय सिरिज अन्तर्गत शनिबार भएको पहिलो खेलमा नेपालले ओमानलाई पराजित गरेको थियो । अब नेपालले यो सिरिजको अन्तिम खेल सोमबार आयरल्याण्डसंग खेल्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्