करिब ११ अंकले घट्यो नेप्से परिसूचक

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक करिब ११ अंक घटेको छ । कारोबारमा आएका १३ उपससमूहमध्ये ८ उपसमूहको परिसूचक ओरालो लागेसँगै नेप्से करिब ११ अंकले घटेको हो । यस दिन नेप्से परिसूिचक १०.८३ अंक घटेर २९२०.५१ विन्दुमा झरेको छ । नेप्से ओरालो लागेपनि यस दिन सेन्सेटिभ इण्डेक्स ०.०६ अंक बढेको छ । त्यसैगरी, यस दिन फ्लोट इण्डेक्स १.२७ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंक घटेको छ ।

यस दिन २३२ कम्पनीको ८७ हजार ४७८ पटकको कारोबारमा ७ अर्ब ३ करोड ८ लाख ८ हजार रुपैयाँ बराबरको १ करोड ४७ लाख ४ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । कारोबार रकमका आधारमा यस दिन नेपाल दूरसञ्चार कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३२ करोड १४ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन अपि पावरको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ भने एनआईसी एशिया र शिखर इन्स्योरेन्सको १७ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

नेप्से ओरालो लागेपनि यस दिन दुई कम्पनीको शेयर सकारात्मक सकिर्ट लेभलमा कारोबार भएको छ । यस दिन विन नेपाल लघुवित्त र बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यसैगरी, यस दिन मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्