दृढ इच्छाशक्तिले राजन ढकाल सफल उद्यमी बने

काठमाडौंबाट नजिकमा रहेको साँखु विसम्भरामा जन्मिएका राजन ढकाल सफल उद्यमी हुन् । उनी विद्यालय तहको शिक्षा हासिल गरेपछि होटलका कर्मचारीले लगाएको टाइ, कोट, पाइटप्रति आकर्षित भई, होटल क्षेत्रमा प्रवेश गरेका हुन् । मध्यम परिवारमा जन्मिएर पनि होटल क्षेत्रमा केही गर्ने दृढा इच्छा शक्तिका कारण विदेशमा भाँडा माझ्न पछि नपरेको अनुभव उनी स्मरण गर्छन् । जीवनमा केही गर्नुछ भने कामलाई सानो–ठूलो भन्नु हुँदैन भन्ने उनको सोचाइ छ ।

ढकाल विद्यालय तहको पढाइ सकेपछि तीन महिनाको होटल तालिम लिन्छन् । उनी तालिमको क्रममा ढकालको राम्रो कामदेखि तालिम दिने होटल सञ्चालकले नै नोकरी दिएको सम्झन्छन् । ढकाल नेपालमा तीन वर्ष काम गरेर साउदी अरेबियाको होटलमा काम गर्न गए । त्यहाँ उनले ओइटर भनेर जाँदा भाषा नमिलेका कारण भाँडा माझ्ने काम गरेका रोचक अनुभव सुनाउँदछन् । उनले त्यहाँ विभिन्न पदमा रही चार वर्ष काम गरेपछि नेपाल फर्किएर पुनः अन्य देश कुवेत दुबईलगायतमा गएर काम गरे । ढकालको विदेशमा कमाइ राम्रै थियो । तर, अचानक विं.सं. २०७७ सालमा आमाको मृत्यु भएपछि उनलाई विदेश जाने इच्छा लागेन र स्वदेशमै केही गरौं भन्ने भाव पैदा भयो । ढकाल आफूले विदेशमा सिकेको कुरा पछिका पुस्तालाई सिकाउनु पर्छ भन्ने चाहन्थे ।

यसैबीचमा केही गरौं भन्ने सोच्दै गर्दा एक परिचित अग्रजले बालुवाटारमा पाँच रोपनीे जग्गामा फैलिएको टाइम्स इस्क्वाएर रहेको सूचनाका आधारमा त्यहाँ पुगेको बताउँदछन् । बालुवाटार चिनिया दूतावाससँगै टाइम्स स्क्वाएर रहेको छ । अहिले त्यहाँ ३० जनाले रोजगारी पाएका छन् । सफा खाना खुवाउनु, पाहुनासँग सुमधुर व्यवहार गर्नु, सञ्चालक भए पनि प्रत्येक पाहुनाको कुरा सुन्नुजस्ता विषय ढकालका व्यक्तिगत विशेषता हुन् । उनी यसै विशेषताका कारण लकडाउनपछि पनि पाहुना कहिल्यै नटुटेको स्मरण गर्दछन् ।

टाइम्स स्क्वायरमा पाउनालाई सुत्न, बस्न खानाको गुणस्तरीय व्यवस्था गरिएको छ । विदेशमा जसरी रूखमा बसेर खानाको स्वाद लिन सकिने व्यवस्था टाइम्स स्क्वायरले मिलाएको छ । टाइम्स स्क्वायरमा बैठक रुम, सेमिनार हल, व्यक्तिगत रूपमा खाने ठाउँ पनि रहेको छ । सबै किसिमका ग्राहकलाई खाना र स्थानअनुसारको सुलभ मूल्य राखिएको दाबी गर्ने ढकालले चाइनिज, कन्टिनेन्ट, इन्डियन, नेपालीललागायत व्यक्तिको रुचिअनुसार खाना खुवाउने गरेका छन् । टाइम्समा बच्चाहरू खेल्नका लागि आकर्षक प्ले ग्राउन्ड र २० देखि २५ गाडी अटाउन सक्ने पार्किङको व्यवस्था रहेको छ ।

त्यसैगरी टाइम्स स्क्वायरमा सबैले देख्न सकिने ठाउँमा सफा र ताजा खुवाउने भान्छा छ । ग्राहकले आफूले हेरेर खाना बनाउन लगाउन सक्छन् । ढकाल आउने पाहुनालाई सन्तुष्टि दिन कुनै दिन पनि बिदामा नबस्ने सम्झन्छन् । ढकाल कार्यालयमा रहँदा केही न केही काम गर्ने र कर्मचारीलाई सिकाउनमा व्यस्त रहन्छन् । खानासँग स्वास्थ्य पनि जोडिएको मान्यता राख्ने ढकालले पशुपति तीलगंगा अगाडि रहेको पशुपति भिजनमा समसारा फिटनेस सेन्टर पनि सञ्चालन गरेका छन् । त्यस्तैगरी केही महिनामा स्वास्थ्यसँग जोडिएको समरारा पोलिक्लिनिक पनि सञ्चालन गर्न दर्ता गरिसकेको उनी बताउँछन् । उनी सफल उद्यमी र प्ररक व्यक्तित्व हुन् ।

देशान्तर न्यूजबाट साभार

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्