२२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुष पक्राउ

सांकेतिक तस्विर

रुपन्देही – बाइस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लुम्बिनी सांस्कृतिक नगरपालिका-९ बस्ने २६ वर्षीय सुवाष यादवलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

उनीले ती महिलालाई लुम्बिनी सांस्कृतिक नगरपालिका-१३ पिपरास्थित खाली खेतमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्