भारतमा एकैदिनमा थप तीन लाख ३७ हजार संक्रमित

भारतमा कोरोनाभाइरसबाट पछिल्लो एक दिनमा थप तीन लाख ३७ हजार ७०४ जना संक्रमित भएका छन् । अघिल्लो दिनको तुलनामा नौ हजार ५५० कम संक्रमित भएका हुन् । अघिल्लो दिन तीन लाख ४७ हजार २५४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो ।

दैनिक संक्रमितको संख्या घटेपनि संक्रमित अवस्थामै रहेकाको कुल संख्या भने बढिरहेको छ । मन्त्रालयका अनुसार भारतमा अहिले २१ लाख १३ हजार ३६५ संक्रमित अवस्थामै रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्