आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनीमा मेघगर्जनसहित पानी पर्ने, पर्सिदेखि सुधार आउने

काठमाण्डौ – आज सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । यी तीन प्रदेशमा आज चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने अनुमान छ ।

सामान्यतया हिउँदमा मेघगर्जन र चट्याङ्गसहित वर्षा हुँदैन । तर पछिल्लो समयमा हिउँदको समयमा पनि चट्याङ्ग र असिना समेत पर्न थालेको छ । यस्तै, आज कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी र हिमाली जिल्लामा हिमपातको समेत सम्भावना छ ।
भोलि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको मौसम सामान्यदेखि पूर्ण बद्ली रहने अनुमान छ । पर्सिदेखि भने मौसममा सुधार आउने मौसमविद्ले बताएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्