नेशनल प्याब्सन सिन्धुपाल्चोक जिल्ला अधिवेशन : भारतीको अध्यक्ष्यतामा सात सदस्यीय कार्यसमिति चयन

काठमाडौं – नेशनल प्याब्सन सिन्धुपाल्चोकको दोस्रो ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेशनल प्याब्सन केन्द्रका प्रमुख सल्लाहकार एवम् पूर्व राष्ट्रिय अध्यक्ष कर्ण बहादुर शाहीको प्रमुख आतिथ्यता तथा नेशनल प्याब्सन बागमती प्रदेशका उपाध्यक्ष प्रकाश खड्काको बिषेश आतिथ्यता तथा काठमाण्डौं जिल्ला कोषाध्यक्ष प्रेमकुमार भुजेलको आतिथ्यतामा सोमबार भब्यताका साथ सम्पन्न भएको छ । उक्त  ऐतिहासिक सम्मेलनबाट दामोदर भारती सर्वसम्मत अध्यक्ष निर्वाचित हुनुभएको छ । अध्यक्ष भारतीले नेशनल प्याब्सनलाई थप मजबुत पार्न जिल्लाका संस्थागत विद्यालयहरुको हकहितमा निरन्तर लागिरहने प्रतिबद्धता समेत व्यक्त गरेको छ । यसैगरी उपाध्यक्षमा निइन्द्र आचार्य, सचिवमा सन्त घिमिरे र कोषाध्यक्षमा धर्मराज गिरी लगायत सात सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित भएको छ ।
कार्यक्रममा स्वागत मनतव्य राख्दै कर्णबहादुर शाहीले माघ २७/२८/२९ मा हुने अधिवेशन सफल पार्न आह्वान गर्नुभयो । यसैगरी बागमती प्रदेश उपाध्यक्ष खड्काले कोरोनाको कारण देखाएर निजी विद्यालय बन्द गरेको भन्दै घोर आपत्ति जनाउनुभयो ।
यस्तै जिल्ला कोषाध्यक्ष भुजेलले कम्पनी मार्फतका विद्यालय एनप्याब्सन र गुठी मार्फत सञ्चालित विद्यालय प्याब्सन भएको बताउनुभयो । विभिन्न भातृ संगठनले निजी लगानीका विद्यालयहरूलाई हेर्ने दृष्टिकोण नै फरक भएको र विभिन्न समयमा अपहेलना गर्ने गरेको समेत गुनासो गर्नुभयो ।  यसैगरी कोषाध्यक्ष भुजेलले निजी लगानीमा सञ्चालित विद्यालयहरूलाई सरकारले समेत गुठीमा लगेर सरकारी बनाउन खोजेकोले एन प्याब्सन नीजि लगानीमा सञ्चालित विद्यालयहरूको छाता संगठन भएको प्रष्ट पार्नुभयो । गुठीमा सञ्चालित विद्यालयहरू प्याब्सनले समेटेतापनि नीजि लगानीमा  विद्यालयहरू कम्पनी मार्फत हनुपर्छ भन्ने अवधारणाका साथ स्थापना भएको समेत उहाँले प्रष्ट पार्नुभयो ।   साथै नयाँ चयन भएका कार्यसमितिलाई शुभकामना समेत दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्