प्रचण्डको राजनीति प्रतिवेदनको सार– ‘व्यापक जनाधार, शान्तिपूर्ण क्रान्ति’

काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को जारी आठौँ राष्ट्रिय महाधिवेशनको बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेस गर्नुभएको छ । प्रचण्डले दुई घण्टा बढी समय लगाएर ‘२१ औँ शताब्दीमा समाजवादको बाटो’ शीर्षकको दस्तावेज पेश गर्नुभएको हो। निरन्तर र व्यवस्थित तवरले शान्तिपूर्ण क्रान्तिको तयारी गर्ने, श्रमिक जनताप्रति जवाफदेही हुने विषय दस्तावेजमा उल्लेख भएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।

जनवर्गीय सङ्गठन निर्माण गर्ने र सम्पूर्ण पार्टी पङ्क्ति जनताको माझमा गएर व्यापक जनाधार खडा गरी शान्तिपूर्णरूपमा समाजवादी क्रान्ति सम्पन्न गर्ने चुरो दस्तावेजनमा छ । ‘शान्तिपूर्ण क्रान्तिबाट समाजवाद सम्भव छ । सर्वहारावर्गप्रति प्रतिबद्ध छौँ, निरन्तर र व्यवस्थित रूपमा क्रान्ति जारी छ, राष्ट्रिय स्वाधिनताको रक्षा, श्रमिक जनताप्रति उदत्तरदायी हुनुपर्छ’, दस्तावेजको सार उहाँले भन्नुभयो ।

केही ढिला गरी सुरु भएको बन्दसत्रले सात सदस्यीय अध्यक्ष मण्डल बनाएको थियो । अध्यक्ष प्रचण्डले दस्तावेज पेस गरेलगतै नेता देवप्रसाद गुरुङले विधान संशोधन प्रस्ताव पेश गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्