माओवादी महाधिवेशनमा आजदेखि बन्दसत्र

काठमाडाैँ– काठमाडाैँमा आइतबारबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को आठौँ महाधिवेशन अन्तर्गत आजदेखि बन्दसत्र सुरु हुँदैछ ।

बन्दसत्रमा कुल एक हजार ६३१ जना प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुने माओवादीले जनाएको छ । बन्दसत्रमा अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल गर्ने कार्यक्रम छ ।
प्रज्ञा भवन कमलादीमा ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादीले जनाएको छ । बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को राजनीतिक प्रतिवेदन, विधानलगायतका प्रतिवेदन पेस हुनेछ ।

माओवादीले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति निर्वाचन गर्ने निर्णय गरिसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्