काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरीमाथि छानविन गर्न समिति गठन

काठमाडौ – काखमा बच्चा बोकेकी महिलालाई लाठी हान्ने प्रहरी प्रभाग भैंसेपाटीका प्रहरी निरीक्षक देवीप्रसाद पौडेलमाथि छानविन गर्न एसपी दुर्गा सिंहको नेतृत्वमा समिति गठन भएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयको निर्देशनपछि घटनाको सत्यतथ्य छानविन गर्न ललितपुर प्रहरी परिसरकी एसपी सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति बनेको हो ।

घटनाबारे प्रहरीले अनुसन्धान पनि सुरू गरिसकेको जनाएको छ। घटनाबारे अनुसन्धान गर्न समिति बनाइएको एसएसपी टेकप्रसाद राईले बताए ।

बिहीबार ललितपुरको भैंसेपाटीस्थित नेपाली सेनाका पूर्वजर्नेल हेम खत्रीको घरअगाडि प्रहरी निरीक्षक पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई लाठी प्रहार गरेका थिए ।

एकजना महिलालाई पछाडिबाट प्रहरीले लाठी हानेको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ । इन्स्पेक्टर पौडेलले काखमा बच्चा बोकेकी हेमा श्रेष्ठलाई प्रहरीको गाडीबाट धकेलेर पछाडिबाट लाठी हानेका छन् ।

 

Source : setopati.com

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्