नेकपा विवाद सुल्झियाे : बामदेव राष्ट्रियसभा सदस्य बन्ने, खतिवडा ६ महिनासम्म अर्थमन्त्री नै रहने

File Photo

काठमाडौं – बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनयन पार्टी सचिवालयको निर्णय नमान्ने प्रधानमन्त्री केपी शर्मा ओलीको अडानसँगै उत्कर्षमा पुगेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद तत्कालका लागि मिल्ने देखिएको छ ।

अब उपाध्यक्ष गौतम राष्ट्रियसभा सदस्य बन्नेछन् भने डा. युवराज खतिवडा कम्तीमा थप ६ महिना अर्थमन्त्री नै हुनेछन् ।

१० फागुनमा बसेको नेकपा सचिवालय बैठकले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिबाट मनोनित हुने राष्ट्रियसभा सदस्यको रिक्त पदमा गौतमलाई पठाउने निर्णय गर्‍यो । यो निर्णय गरेको बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री ओली सहभागी थिए र गौतमबारे सर्वसम्मत निर्णय भएको थियो ।

तर बैठकको अन्त्यमा आफूविरुद्धको खेल भन्दै सबै परिस्थितिको सामना गर्ने बताएका प्रधानन्त्री ओलीले केही घन्टापछि वरिष्ठ नेता माधवकुमार नेपाललाई बालुवाटार बोलाएर निर्णय कार्यान्वयन गर्न नसक्ने बताए । जवाफमा अर्को पक्षले निर्णायक कदम चाल्ने चेतावनी दिएपछि विवाद उत्कर्षमा पुगेको थियो ।

खतिवडालाई लैजान चाहने र गौतमको नाम सिफारिस गर्ने पार्टी निर्णयको दबावमा परेका प्रधानमन्त्री ओलीलाई नेताहरुले मध्यमार्गी निकास सुझाएका छन् । महासचिव विष्णु पौडेल लगायतका नेताले गौतमलाई राष्ट्रियसभामा लैजाने निर्णय कार्यन्वयन गरेर पनि खतिवडालाई निरन्तरता दिन सकिने उपाय सुझाएका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्